शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम सुवालको प्रश्न : ‘अर्थमन्त्रीको फोनले सेयर बढ्छ ?’

शुक्रबार, २५ भदौ २०७८, १४ : ३४
शुक्रबार, २५ भदौ २०७८

लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद  प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भनेर सुवालले प्रश्न गरेका छन् । 

‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ’ सुवालले सभामुख मार्फत सरकारसँग माग गरेका छन् ।  अर्थमन्त्रीले पहिले १०० जनाले पूर्ण सेयर बजार चलाएको भनेर हौवा फैलाएको र पछि मौद्रिक नीति मार्फत ३७ लाख प्रत्यक्ष लगानीकर्ता रहेको सेयर बजारमाथि प्रहार गरेको आरोप लगाए ।


यसको जवाफमा अर्थमन्त्री शर्माले आफूले फोन गरेर सेयर नबढेको बताए । यसबारेमा कतै समाचार आएको छ भने त्यसमा सत्यता नरहेको उनको दावी छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप