एमालेको विरोधका बीच सभामुखले सदन अगाडि बढाए
शुक्रबार, २५ भदौ २०७८, १४ : ०८

सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् । उनले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका छन् ।
नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीलाई स्वागत गर्न र अमेरिकालाई खुसी पार्न विरोध प्रदर्शन गर्नेमाथि ब्यापक दमन गरेको बताए । उनले नेमकिपाका नेता कार्यकर्तामाथि दमन भएको र कृष्णप्रसाद डमरुको टाउको गम्भीर चोट लागेको उल्लेख गरे ।
उनले एमसीसी पास गराउनेहरू भोली अफगानिस्तानका राष्ट्रपति भागेजस्तै भाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो
-
‘हामी संविधानमा प्रगतिशील तर व्यवहारमा यथास्थितिवादी छौँ’
-
दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश