प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको नाराबाजी, तस्बिरमा हेरौं

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर एमाले सांसदहरुले नाराबाजी गरेका हुन् ।सांसदहरुले सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइँदैन भन्ने नारा लगाएका छन् । सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बताए ।
उनले जनताका जल्दाबल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको र सदन सञ्चालन गर्न दिन आग्रह गरे । एमाले सांसदहरुले नाराबाजी गरेलगत्तै बैठक १५ मिनेटका लागि स्थगित भएको थियो, त्यसपछि सुरु भएको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु