शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको नाराबाजी, तस्बिरमा हेरौं

शुक्रबार, २५ भदौ २०७८, १४ : ०४
शुक्रबार, २५ भदौ २०७८

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर एमाले सांसदहरुले नाराबाजी गरेका हुन् ।सांसदहरुले सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइँदैन भन्ने नारा लगाएका छन् । सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको बताए ।

उनले जनताका जल्दाबल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको र सदन सञ्चालन गर्न दिन आग्रह गरे । एमाले सांसदहरुले नाराबाजी गरेलगत्तै बैठक १५ मिनेटका लागि स्थगित भएको थियो, त्यसपछि सुरु भएको दोश्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप