शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश पेश

शुक्रबार, २५ भदौ २०७८, १३ : ४५
शुक्रबार, २५ भदौ २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ । 

शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गरेका हुन् ।  त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य थिए भने भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधानसभा सदस्य सदस्य रहेका थिए । 

सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरूलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए । उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे । एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दैै आएको छ ।
राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप