शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

शुक्रबार, २५ भदौ २०७८, १३ : ३९
शुक्रबार, २५ भदौ २०७८

एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।

सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे । आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप