शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले एमाले सांसदलाई स्मरण गराए संविधानको धारा १ सय ५

शुक्रबार, २५ भदौ २०७८, १३ : ३५
शुक्रबार, २५ भदौ २०७८

आफ्नो ड्यास अगाडि आएर नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।

उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् ।  सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप