
लिटमस केबलको ब्रान्ड एम्बेसडरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

काठमाडौं । लुम्बिनी विद्युत उद्योगको उत्पादन लिटमस केवल ब्रान्डले कम्पनीको ब्रान्ड एमबेसडरमा नायक राजेश हमाल र मोडल मधु भट्टराईलाई नियुक्त गरेको छ ।
कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि हमाल जोडीलाई नियुक्त गरेको जनाएको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने बताएको छ ।
लुम्बिनी विद्युत उद्योग नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रेन फोर्स्ड कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ