युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी
काठमाडौं । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।
यस समझदारी अन्तर्गत सुदुरपश्चिम प्रदेश स्थित बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै युवा उद्यम प्रवर्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
उक्त सम्झौतामा नबिल बैंकका नबिल दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ्ग कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?