बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु
![बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु](https://rpcdn.ratopati.com/media/albums/school-cartoon_bUfYWC6qWL.jpg)
बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो । कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइ अन्योलमा थियो । विद्यार्थीको भविष्य बिग्रिने भन्दै दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा यही भदौ २१ देखि २७ गतेसम्म पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगरपालिकाको उक्त निर्देशनपछि केही विद्यालयमा पढाइ सुरु भएको र अन्यमा भदौ २७ गतेदेखि पठनपाठन थालिने नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए ।
यस्तै सिगास गाउँपालिकाका विद्यालयमा मङ्गलबारदेखि पढाइ सुरु भएको सो गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन् । पाटन नगरपालिकामा भदौ २० गते, पञ्चेश्वरमा २१ गतेदेखि तथा शिवनाथ गाउँपालिकामा गत महिनादेखि नै पठनपाठन सुरु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
जिल्लाका बाँकी पाँच स्थानीय तहका पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । मेलौली र पुर्चौंडी नगरपालिका तथा डिलाशैनी र सुर्नया गाउँपालिकामा यही भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आउने बताइएको छ । दोगडाकेदार गाउँपालिकामा पनि विद्यालय सञ्चालनको मिति तय गरिने भएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण १८ जनाको ज्यान गएको छ । हाल जिल्लामा २० सक्रिय सङ्क्रमित रहेका छन् । शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा सक्रिय सङ्क्रमित शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
-
‘संविधानले दिएको विशेषाधिकार नबुझी कांग्रेस–एमालेले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाए’
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
विश्वकप क्रिकेट : ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका तस्किन अहमदले माफी मागे
-
चुनावी अभियानको रकम सङ्कलनमा बाइडेनमाथि ट्रम्प भारी