बाग्मती प्रदेश : योजना आयोगका उपाध्यक्षले लिए शपथ
शुक्रबार, २५ भदौ २०७८, १३ : ०८

बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।
आयोगको उपाध्यक्षमा नियुक्त डा.जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौंकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर