बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा मिल्नेछ विशेष छुट

शुक्रबार, २५ भदौ २०७८, १२ : ५१
शुक्रबार, २५ भदौ २०७८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहक तथा कर्मचारीले ग्रोडेली मार्फत सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।  सिटिजन्स बैंक र ग्रोडेली बीच मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

नेपालमा उत्पादित  किराना सामग्रीहरुको प्रबद्र्धनका लागि स्थापित ग्रोडेलीसँगको यस सहकार्य पश्चात् सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले ग्रोडेली मार्फत अनलाइन अर्डर गरी क्यूआरबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ । 

सिटिजन्स बैंकले आफ्नो मोबाइल बैकिङ्गमा दर्ता नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमा दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप