आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कोभिडबाट प्रभावित व्यवसायिक क्षेत्रलाई हर्जना ब्याज नलिन राष्ट्र बैंकको निर्देशन

शुक्रबार, २५ भदौ २०७८, १२ : १६
शुक्रबार, २५ भदौ २०७८

बैंक तथा वित्तीय संस्थाले कोभिडबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ तथा हवाई सेवा क्षेत्रमा गएको व्यवसायिक कर्जामा हर्जना ब्याज लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन गरेको हो । 

सोही परिपत्र अनुसार बैंकले २०७९ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनुपर्ने र यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जना तथा पेनाल ब्याज समेत लिन नपाइने बताएको छ । 

यस्तै, टि.आर.कर्जा (ट्रष्ट रिसेप्ट लोन) बिल्स डिस्काउन्टङ्ग वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने समेत बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप