तालिबान सत्तामा आएपछि पहिलो पटक बोल्यो साउदी अरब
साउदी अरबले अफगानिस्तामा तालिबानको अन्तरिम सरकारबारे पहिलोपटक प्रतिक्रिया दिएको छ ।
साउदी अरबका विदेशमन्त्री प्रिन्स फैलि बिन फरहानले भने, ‘हामी आशा गर्छौं कि तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्नेछन् ।’
प्रिन्स फैसलले भने, ‘साउदी अरब आशा गर्छ कि अफगानिस्तानको कार्यवाहक सरकार सही दिशामा काम गर्नेछ र मानिसहरुलाई हिंसा, अतिवादको मुक्ति दिलाउनेछ ।’
उनले साउदी अरब अब अफगानिस्तानमा शान्ति र स्थिरताको आशा गर्ने बताएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार प्रिन्स फैसलले उनको मुलुक अफगान जनताको मद्दत गर्न जारी राख्ने बताएका छन् ।
साउदी अरबका विदेशमन्त्रीले आफूहरुले अफगानिस्तानको सम्प्रभुताको सम्मान गर्ने बताएका छन् ।
साउदी अरबका विदेशमन्त्रीले भने, ‘यो मुश्किल समयमा हामी अफगानिस्तानका जनताको साथमा छौं । साउदी अरब अफगानिस्तानलाई संकटबाट निकाल्न हर सम्भव मद्दत गर्नेछ । ’
प्रिन्स फैसलले यो बयान अफगानिस्तानमाथि आयोजित एक भर्चुअल बैठकमा बताएका हुन् ।
तालिबानले मंगलबार अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेका थिए । यो सरकारमा मुल्ला मोहम्मद हसन अखुंदलाई प्रधानमन्त्री र अब्दुल गनी बरादरलाई उप–प्रधानमन्त्री बनाइएको छ ।
Minister of Foreign Affairs H.H Prince @FaisalbinFarhan, participated in the virtual ministerial meeting on #Afghanistan. pic.twitter.com/2UqHVC4pGm
— Foreign Ministry 🇸🇦 (@KSAmofaEN) September 9, 2021
साउदी अरब र तालिबानः
यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो ।
त्यतिबेला तीन देश साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सले अफगानिस्तानमा तालिबान सरकारको वैधतालाई स्विकार गरेको थियो ।
तालिबानले त्यो समयमा ओसामा बिन लादेनको नेतृत्वमा चलिरहेको चरमपन्थी संगठन अल–कायदालाई आश्रय दिएको थियो । यो संगठनलाई सन् २००१ मा अमेरिकामा ९÷११ को आतंकवादी हमलाका लागि जिम्मेवार मानिन्छ जसमा केही भवन ध्वस्त भए भने करिब ३ हजारको ज्यान गयो ।
आजको समयमा तालिबान आफूलाई सही अर्थमा ‘अफगानिस्तानको इस्लामी शासक’ को रुपमा हेरिरहेका ेछ र अन्तर्राष्ट्रिय स्तरमा उसलाई यसै पहिचानसहित स्विकृती मिलोस् भन्ने पनि चाहन्छ ।
ओसामा बिन लादेन र साउदी अरबः
साउदी अरब ओसामा बिन लादेनको आफ्नो देश थियो । अल कायदाका नेता ओसामा बिन लादेनको मृत्युको सात वर्षपछि सन् २०१८ मा उनकी आमाले पहिलो पटक आफ्नो छोराबारे सार्वजनिक रुपमा कुरा गरेकी थिइन् ।
आलिया गानेमले बेलायती पत्रिका ‘द गार्डियन’ को साउदी अरबको जुद्दाहमा स्थित आफ्नो पुर्ख्यौली घरमा अन्तरवार्ता दिएकी थिइन् ।
आलियाले पत्रिकासँगको कुराकानीमा भनेकी थिइन्, ‘मेरो छोरा बाल्यकालमा निकै लज्जित र ‘राम्रो बच्चा’ थियो । तर युनिभर्सिटीमा ‘ब्रेनवास’ गरेर उसको विचार परिवर्तन गरियो ।’
परिवारका अनुसार उनीहरुले अन्तिम पटक सन् १९९९ मा बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए । यो ९÷११ को घटनाभन्दा दुई वर्ष अघिको कुरा हो । सुरुमा उनी सोभियत सेनासँग लड्न अफगानिस्तानमा आएका थिए तर सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थी बनिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल
-
५० हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन