आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’
पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् ।
यतिबेला रौतहट जिल्ला अदालतमा आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धी मुद्दा चलिरहेको छ । उनलाई सरकारी वकिलले तत्कालीन समयको कानुन अनुसार कर्तव्य ज्यानमा २० वर्ष, ज्यान मार्ने कसुरमा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्षगरी ३२ वर्षको सजाय मागदावी गरिएको छ ।
घटनामा घाइते भएका, मृतकका परिवार आदिले दिएको जाहेरीका आधारमा प्रहरीले आलमलाई २०७६ असोज २६ गते पक्राउ परेका थिए । त्यसपछि लामो अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको थियो ।
रौतहटको राजपुर बमकाण्डमा संलग्न रहेको भन्दै पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता आलमसहित ११ जनालाई सरकारी वकिल कार्यालय रौतहटले सजायको मागदावी गर्दै मुद्दा दायर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान