शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रोल्पामा कांग्रेस अधिवेशन : ६६ वडामा सर्वसम्मत

शुक्रबार, २५ भदौ २०७८, ११ : ५१
शुक्रबार, २५ भदौ २०७८

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।
“अधिवेशन हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । 

जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप