शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ २७ गते सुदूरपश्चिमका २ जिल्लामा सार्वजनिक विदा

शुक्रबार, २५ भदौ २०७८, ११ : ४५
शुक्रबार, २५ भदौ २०७८

सुदूरपश्चिम प्रदेश सरकारले भदौ २७ गते दुई जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । थारु बाहुल्यता रहेका दुई जिल्ला कैलाली र कञ्चनपुरमा अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।

 थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छिमेकीबीच माया, सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा अट्वारी पर्व मनाउने गरिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप