तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड, २२ लाख ८१ हजार बढीको भयो हात खाली
तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटमा शुक्रबार बिहान १० बजे भएको सेयर बाँडफाँडमा कुल ७४ हजार चार सय जनाले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । भने, २२ लाख ८१ हजार ४७ जनाको हात खाली भएको छ ।
बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका दिएकोमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै रुजु भएका छन् भने ८ हजार ८२० जना आवेदकको आवेदन रद्द भएको छ । थप १ लाख ८ हजार ७६० कित्तामा पनि रद्द गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट सेयर बाँडफाँड गरिएको थियो ।
कुल ८ लाख कित्ता आईपीओ जारी गरेकोमा जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई र ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ