बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीश कार्की र फुयाँलको बेन्चमा

शुक्रबार, २५ भदौ २०७८, ११ : २३
शुक्रबार, २५ भदौ २०७८

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रवार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप