सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट

शुक्रबार, २५ भदौ २०७८, ११ : ०९
शुक्रबार, २५ भदौ २०७८

काठमाडौंका थप दुई स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको छ ।  शुक्रबारदेखि दरबारमार्गको महेन्द्रशालीक र ज्ञानेश्वर ओरालो चोकमा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

एनसेलसँग समन्वय गरी महेन्द्रशालीक र कामना सेवा बिकास बैंकको सहयोगमा ज्ञानेश्वर ओरालोमा नयाँ ट्राफिक सञ्चालनमा ल्याइएको  महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । 
यसअघिनै महाशाखाले राजधानीका विभिन्न स्थानमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप