शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी डलर झन् कमजोर, यस्तो छ विनिमयदर

शुक्रबार, २५ भदौ २०७८, १० : ५४
शुक्रबार, २५ भदौ २०७८

नेपालमा आज (शुक्रबार) अमेरिकी डलर थप कमजोर भएको छ ।

औषतमा १२० रुपैयाँ हाराहारी रहेको अमेरिकी मुद्राको खरिददर आज ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ । हिजो (बिहीबार) यो मुद्राको खरिददर ११७.४७ र बिक्रीदर ११८.७ रुपैयाँ तोकिएको थियो ।

नेपाल राष्ट्र बैंकले आज एक युरोको खरिददर १३८.८२ र बिक्रीदर १३९.५३ रुपैयाँ, बेलायती पाउण्डको खरिददर १६२.०५ र बिक्रीदर १६२.८ रुपैयाँ तोकेको छ ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.३३ र बिक्रीदर ८७.७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६७ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ ।

यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३२ रुपैयाँ तथा बिक्रीदर ३१.४८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, कतारी रियालको खरिददर ३२.२१ र बिक्रीदर ३२.३७ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामका खरिददर ३१.९४ र बिक्रीदर ३२.१० रुपैयाँ तथा मलेसियन रिंगटको खरिददर २८.२८ र बिक्रीदर २८.४३ रुपैयाँ कायम भएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १०.०४ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ, हङकङ डलरको खरिददर १५.०८ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१६ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप