बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

शुक्रबार, २५ भदौ २०७८, १० : ४२
शुक्रबार, २५ भदौ २०७८

आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) मनाइँदैछ । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ । तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् ।

चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । चन्द्रमाको पुजा हुने भएकाले यो पर्वमा घरको आँगन र छतमा पुजा हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप