एमाले र जसपा छाड्ने प्रदेश सांसदको नाम आज सार्वजनिक हुँदै
निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण शुक्रबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्रदेश सांसदहरुको विवरण आज सार्वजनिक हुने आयोगले जनाएको छ । त्यस्तै, जनता समाजवादी पार्टी(जसपा) छाडेर लोकतान्त्रिक समाजवादी (लोसपा) मा लागेका प्रदेश सांसदहरुको विवरण पनि सार्वजनिक गर्ने आयोगको तयारी छ ।
‘आज बस्ने आयोगको बैठकले प्रदेश सभामा दल–बदल गर्नेहरुको नामावलीलाई अन्तिम रुप दिनेछ,’ निर्वाचन आयोग स्रोतले रातोपाटीसँग भन्यो, ‘स्थानीय तहको भने कतिपय दुर्गम हिमाली जिल्लाबाट विवरण आउन बाँकी छ, त्यो पनि चाँडै सार्वजनिक गर्छौं ।’
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमाले र जसपा पार्टी परिवर्तन गरेर नयाँ दलमा लाग्न चाहने प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म सनाखत गर्न म्याद दिएको थियो ।
भदौ २२ सम्म सनाखत गर्नेहरुको नामावली प्राप्त भएपछि शुक्रबार बस्ने आयोगको बैठकले त्यसलाई अन्तिम रुप दिन लागेको हो । सोमबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरुको पनि विवरण सार्वजनिक हुने आयोग स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान