शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘साइलेन्ट किलर’ उच्च रक्तचाप नियन्त्रण गर्ने ५ खाना

शुक्रबार, २५ भदौ २०७८, ०९ : ५५
शुक्रबार, २५ भदौ २०७८

उच्च रक्तचापको समस्या संसारभर फैलिएको छ । नेपालीहरु पनि यो समस्याबाट पीडित हुने गरेका छन् भने ३० प्रतिशत भारतीय पनि उच्च रक्तचापको समस्याबाट पीडित भएका छन् । उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । विभिन्न कारणका कारण रक्तचाप बढ्न थाल्छ । उमेर, लिङ्ग, आनुवंशिकता, मोटोपन, व्यायाम कम गर्नु र दुग्ध पदार्थहरुले उच्च रक्तचापको समस्या बढाउँछ ।

लक्षणबिनाको रक्तचापको समस्याले रक्तनली, मष्तिष्क, हृदय, आँखा र मिर्गौलालाई गम्भीर असर पुर्याउँछ । सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार रगत मुटुबाट रक्तधमनीहरुमार्फत शरीरका अन्य भागहरुमा जाने गर्छ । उच्च रक्तचापको समस्यामा धमनीहरुमा रगतको दबाब बढ्छ । यसकारण धमनीहरुमा रक्तप्रवाहलाई सन्तुलनमा राख्न सही खाना खान आवश्यक छ ।

विशेषज्ञका अनुसार सोडियमयुक्त खानेकुराको सेवन कम गर्नुपर्ने हुन्छ । धेरै नुन, बेकिङ सोडा, सोडियम बाइकार्बोनेट जस्ता चिज प्रयोग भएको खानेकुरा खानुहुँदैन । मोनोसोडियम ग्लुटोमेट अजिनोमोटो जस्ता स्वाद बढाउने खानेकुरा पनि खानुहुँदैन । चीज, बटर, आलुको चिप्स, नुनिलो नट्स, नुनिलो पपकोन, नुनिलो स्न्याक जस्ता खानेकुरा पनि खानुहुँदैन । यसका साथै, केचप, चिलि सस, गार्लिक सस, सोया सस, चटनी र अचार जस्ता खानेकुरा पनि खानुहुँदैन । 

अमिलो फलफूल
अंगुर, सुन्तला र कागती जस्ता अमिला फलफूलमा भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तचाप नियन्त्रण गर्छ । यसमा क्यालोरी कम हुन्छ । र, यसमा सोडियम पाइदैन । 

पालक र ब्रोकाउली
विभिन्न मेटाबोलिक रोगहरु कम गर्न हरिया सागसब्जीको महत्वपूर्ण भूमिका रहन्छ । यसमा एन्टिअक्सिडेन्ट, पोटाशियम, क्याल्शियम, म्याग्नेशियम आदि पोषक तत्वहरु पाइन्छ । यो उच्च रक्तचापको समस्या भएकाहरुका लागि फाइदाजनक मानिन्छ । 

बिन्स र दाल
गेडागुडी र दालमा फाइबर, म्याग्नेशियम र पोटाशियमको मात्रा भरपुर हुन्छ । अध्ययनका अनुसार गेडागुडी र दालको सेवनले उच्च रक्तचापको स्तर कम गर्न मद्दत गर्छ । 

फर्सीको बियाँ, चिया सिड 
यसमा म्याग्नेशियम, पोटाशियम, आर्जिनिन र अमिनो एसिड जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तनलीहरुलाई शान्त रहन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

बेरी
ब्लुबेरी, रस्पबेरी र स्ट्रबेरी जस्ता बेरीहरु रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । साथै, मुटुरोगहरुको खतरा पनि कम हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप