शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषका लागि बदाम, मुटु र यौनस्वास्थ्यका लागि फाइदाजनक

शुक्रबार, २५ भदौ २०७८, ०९ : १६
शुक्रबार, २५ भदौ २०७८

नुनिलो स्वादिष्ट बदाम खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । स्वादिलो मात्र होइन बदामले शरीरलाई विभिन्न समस्या हुनबाट बचाउँछ । बदाममा म्याग्नेशियम, फोलेट र भिटामिन–ई जस्ता पोषक तत्वहरु पाइन्छन् । 

बदामले पुरुषलाई धेरै फाइदा गर्छ । यसले पुरुषको यौनस्वास्थ्यदेखि मुटुसम्मलाई फाइदा पुर्याउँछ । 

बदाममा आर्जिनाइन नामक एक प्रकारको अमिनो एसिड हुन्छ । जुन  नाइट्रिक अक्साइडमा परिणत हुनजान्छ । नाइट्रिक अक्साइडले हाम्रो रक्तकोशिकाहरुलाई डाइलेट गरेर रक्तसञ्चार र रगतको बहावलाई सन्तुलनमा ल्याउँछ ।

एक अध्ययनका अनुसार आर्जिनाइन सप्लीमेन्ट इरेक्टाइल डिसफंक्श (नपुंसकता) केही मात्रामा ठिक गर्न मद्दतगार हुन्छ । यसले वीर्यको गुणस्तरलाई पनि राम्रो बनाउँछ ।

बदामलाई रेसभेरेट्रोल नामक एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिन्छ ।  यसले पुरुषको यौनस्वास्थ्यलाई सपोर्ट गर्छ । मानिस र जनावरबीच गरिएको एक अनुसन्धानका अनुसार यसले पनि पुरुषमा शुक्रकिटको र इरेक्टाइल डिसफंक्शनमा सुधार ल्याउँछ ।

यौन स्वास्थ्यका साथै, बदामले अन्य थुप्रै प्रकारका फाइदाहरु पुर्याउँछ । बदामको सेवनले मुटु रोगको खतरा पनि कम गराउँछ । डाक्टरले मुटुसम्बन्धी समस्याबाट बच्न बदाम वा पीनट बटर खाने सल्लाह दिन्छन् ।

बदाममा लिनोलिक एसिड जस्ता पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ । यसले मुटुलाई धेरै फाइदा गर्छ । एक अध्ययनका अनुसार कार्बोहाइड्रेड र स्याचुरेटेड फ्याटको सट्टामा पोलिअनस्याचुरेटेड फ्याटको सेवनले मुटुसम्बन्धी रोगको जोखिमबाट बचाउँछ । 

एउटा समिक्षाले हप्तामा कम्तिमा दुई बदाम खाने गर्दा मुटुरोग १३ प्रतिशतसम्म कम हुन्छ । यसका साथै, बदामको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । जसले मुटुलाई स्वस्थ राख्छ ।

बदाम प्रोटिनको पनि राम्रो स्रोत हो । २८ ग्राम बदाममा ७ ग्राम प्रोटिन हुन्छ । यो शरीरका वृद्धि विकासका लागि मात्रै होइन घाउ निको हुन, रोगप्रतिरोधी क्षमता बढाउन पनि अत्यन्त जरुरी हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप