बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई एमसीसीमा मनाउने प्रयास, खुमलटारमा फातिमाको १ घण्टा

शुक्रबार, २५ भदौ २०७८, ०८ : ५६
शुक्रबार, २५ भदौ २०७८

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारको टोलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको छ । 


शुक्रबार बिहान सुमारको टोलीले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटवार्तामा प्रचण्डको सचिवालयका प्रतिनिधि र एमसीसीका प्रतिनिधि सहभागी थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

 प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गरेकी थिइन् । 

हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन् । 

आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप