काँग्रेस महाधिवेशन थप अन्योल : निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा
काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले रातोपाटीलाई जानकारी दिए ।
पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।
जसका कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने देखिएको छ ।
असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने अवस्था छ ।
प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
उक्त कार्यतालिका अनुसार अधिवेशन गराउने कुरामा पार्टीका नेताहरुबाट सहयोग भन्दा झमेला थप्ने काम भएको निर्वाचन समितिको गुनासो छ ।
महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले दिएको राजीनामा स्वीकृत हुन्छ हुँदैन यकिन छैन । तर नेताहरुको अनावश्यक दबाबका कारणले यसअघि राधेश्याम अधिकारीले पनि निर्वाचन समितिको. संयोजकबाट राजीनामा दिएका थिए ।
गत चैत १६ गतेबाट अधिकारीले निर्वाचन समितिको जिम्मेवारी छोडेका थिए । अधिकारीको ठाउँमा आएका यादवले पनि महाधिवेशन सम्पन्न नगराइ राजीनामा बुझाएका छन् । काँग्रेस महाधिवेशनमा यसले थप अन्योलता उत्पन्न गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण