बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

३६ वर्षमा पनि प्रमुख भूमिकामा मोडरिच

शुक्रबार, २५ भदौ २०७८, ०८ : ००
शुक्रबार, २५ भदौ २०७८

बिहीबारबाट लुका मोडरिच ३६ वर्षका भए । तर उनी अझै पनि रियल म्याड्रिडका स्टार खेलाडी हुन् । आफ्नो करियरमा मोडरिच ले बेलोन डि अर, चार पटक च्याम्पियन्स लिग र दुईपटक ला-लिगा उपाधि जितेका छन् । 

३६ वर्षमा पनि उच्च फर्ममै रहेका मोडरिच जाभी हर्नान्डेज र आन्द्रे पिर्लोभन्दा पनि टिकाउ देखिए । जाभीले ३५ वर्षको उमेरमै बार्सिलोना छाडेका थिए र कतारमा बाँकी समय बिताएर सन्यास घोषणा गरे । यता पिर्लो ३६ वर्षको छँदा युरोलेली फुटबलमा थिएनन् । उनी न्युयोर्क सिटीमा आबद्ध भइसकेका थिए ।

मोडरिच र रियल म्याड्रिडबीच आगामी वर्षसम्मका लागि सम्झौता छ । त्यसपछि मोडरिच क्लबमै रहन्छन् वा अन्यत्र जान्छन् भन्ने टुंगो भइसकेको छैन । 

मोडरिच को चाहना क्रोयशियाबाट २०२३ को विश्वकप खेल्ने छ। त्यहीकारण उनी व्यवसाहिक फुटबललाई सकेसम्म लामो अवधि लम्ब्याउन चाहन्छन् । 

मोडरिच ले फिटनेस अनुशासनमा निकै ध्यान दिने गरेका छन् । त्यहीकारण पनि उनको करियर लामो बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप