आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

शुक्रबार, २५ भदौ २०७८, ०७ : २७
शुक्रबार, २५ भदौ २०७८

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । 

महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  र आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, शनिबार राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भने, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप