बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन

बिहीबार, २४ भदौ २०७८, २१ : ५१
बिहीबार, २४ भदौ २०७८

विश्वमा छरिएर रहेका युवा उद्यमीहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ विस्तार हुने क्रममा रहेको छ । यस्तैमा नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एवम् रमेश एम के पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ अमेरिका गठन भएको हो ।

महासंघको श्रृजनात्मक सोचको विकास गर्ने र यूवा उद्यमीहरु मार्फत स्वदेश र परदेशलाई जोड्ने उदेश्यले नेपाली यूवा उद्यमी महासंघ अमेरिका गठन भएको अध्यक्ष रमेश एमके पौडेलले बताए ।  महासंघको उपाध्यक्षमा नारा खकुरेल, सचिव रोशन बुढाथोकी, सह सचिव हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन् । त्यस्तै सदस्यहरूमा छिरिङ ‘डोका’ अब्राहम, राधा थापा, प्रितेश कार्की , नवराज आलेमगर, अमृत महतो, प्रसन्न संग्रौला र विक्की पुलामी छन् ।
महासंघ अमेरिकामा ह्यारी भण्डारी, गौरी जोशी, एसी शेर्पा, राजन थपलिया, डिलाराज भट्ट र नारायण पुरी सल्लाहकार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप