शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराबाट २ लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

बिहीबार, २४ भदौ २०७८, २० : ५१
बिहीबार, २४ भदौ २०७८

पोखरामा जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वी चोकस्थित  स्याङ्जा बुटवल खाजा घर भित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जना पक्राउ गरेको हो ।
होटलमा तास खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ जना जुवाडेलाई २ लाख ८६ हजार ७२० रुपैयाँ नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए । 

पक्राउ पर्नेमा मोरङ ७ घर भई पोखरा ९ नागढुंगा बस्ने तिलक विक, पर्वत मोदी गाउँपालिकाका यामबहादुर लामिछाने, स्याङ्जा बिरुवाका चुनबहादुर थापा, विनोद विक, पर्वत भोर्लेका जितबहादुर गुरुङ र  पोखरा लेकसाइड बस्ने वसन्त श्रेष्ठ रहेको डिएसपी हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप