फर्स्ट इन क्लास राइडिङ मोड सहितको ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ सार्वजनिक
काठमाडौं । फर्स्ट इन क्लास राइडिङ मोड सहितको टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपालमा सार्वजनिक भएको छ ।
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ‘टीभीएस अपाचे आरटीआर २०० फोरभी’ फर्स्ट इन क्लास राइडिङ मोड, आरटी एफआई, बीएस भीआई र एबीएस सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो ।
टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर दिलीपले टीभीएस अपाचे फस्र्ट इन सेग्मेन्ट फिचर्स र प्रविधियुक्त रहेको नयाँ आरटीआर २०० फोरभी मोटरसाइकल नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।
जगदम्बा मोटर्स तथा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले ग्राहकहरुले सधैं नै टीभीएस अपाचे सिरिजको रेस एडिसनलाई सधैँ नै रुचाएको दावी गरे । उनले नयाँ एडिसनको रेस मेसिनले ग्राहकमा थप उत्साह ल्याउनेमा आशावादी रहेको पनि बताए ।
के हो फर्स्ट इन क्लास राइड मोड ?
ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स हो ‘फर्स्ट इन क्लास राइड मोड’ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।
यो मोटरसाइकल फस्र्ट इन सेगमेन्ट एड्जस्टेबल सस्पेन्सन सहित आएको छ । उच्चतम प्रस्तुति दिन सक्षम शोवा फ्रन्ट सस्पेन्सनको प्रि–लोडेड एडजस्टमेन्टले चालकलाई प्लस राइड र ट्रयाकराइड कुनमा कुदाउने भनेर रोज्ने अवसर दिनेछ ।
यो मोटरसाइकल ३–स्टेप एडजस्टमेन्ट सहित एडजस्टेबल ब्रेक तथा क्लच लिभर सहित उपलब्ध छ । जसलाई बिचको औंलाले कन्ट्रोल गर्न एकदमै सजिलो रहेको कम्पनीले जनाएको छ । त्यस्तै सिङ्गल चेनल ए.बी.एस सहित यसको ब्रेकिङ्ग प्रणालीमा व्यापक सुधार भएको हुनाले यो मोटरसाइकल अधिक सुरक्षित रहेको पनि कम्पनीले जनाएको छ ।
हाल यो मोटरसाइकल ग्लस ब्लाक, पर्ल ह्वाइट र नयाँ म्याट ब्लु गरेर ३ ओटा फरक रंगमा उपलब्ध हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
-
उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
-
बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
-
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
कानुन निर्माण अध्ययन कार्यदलको निष्कर्ष : प्रदेश सांसदहरू नै विधायिकी कार्यमा ध्यान दिँदैनन्