शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काफ्लेलाई पक्राउ गरेकोमा आपत्ति

बिहीबार, २४ भदौ २०७८, १८ : २२
बिहीबार, २४ भदौ २०७८

गाँजा विज्ञ राजिव काफ्लेलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखिएकोप्रति गाँजा वैधानिक महाअभियानले विरोध जनाएको छ । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी काफ्लेको गिरफ्तारीप्रति महाअभियानले विरोध जनाएको हो । नेपाल गाँजा वैधानिक महाअभियानका विज्ञ सल्लाहकार समेत मानिएका काफ्लेलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो ।

विशेष विज्ञको रुपमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको महासभामा समेत प्रतिनिधित्व गरिसकेका काफ्लेलाई गाँजा प्रयोगकर्ताको झुटो मुद्दामा हिरासतमा राख्नु गलत भएको भन्दै महाअभियानले सरकारसँग उनको तत्काल रिहाइको माग गरेको छ । 

महाअभियानले काफ्लेलाई बुढानिलकण्ठस्थित आफ्नै रेष्टुरेन्ट हिप्पी हिलमा बसिरहेको बेला प्रहरीले पक्राउ गरेको स्पष्ट पारेको छ ।  विभिन्न सञ्चार माध्यमहरुले काफ्ले गाँजासहित पक्राउ परेको भन्ने निराधार समाचार प्रकाशित गरेको भन्दै महाअभियानले आपत्ति समेत जनाएको छ । 

हिपी हिल रेष्टुरेन्टमा काम गर्ने कामदारलाई पक्राउ गरी कोटेश्वर प्रहरी कार्यालय लगेपछि उनको रिहाइका लागि पुगेका काफ्लेलाई प्रहरीले हिरासतमा राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप