शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ९२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

बिहीबार, २४ भदौ २०७८, १८ : ०४
बिहीबार, २४ भदौ २०७८

गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४२ महिला र ५० जना पुरुष रहेका छन् ।

प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । विगत ६ महिनादेखि गण्डकी प्रदेशका ११ जिल्लामध्ये प्रत्येक दिन कास्कीमा कोरोना संक्रमित धेरै हुँदै आएकोमा बिहीबार भने गोरखामा सबैभन्दा धेरै ४० जना संक्रमित भेटिएका छन् । त्यसैगरी विगत लामो समयदेखि सबैभन्दा धेरै संक्रमित भेटिँदै आएको कास्कीमा बिहीबार भने २३ जना संक्रमित भेटिएका हुन् ।

केन्द्रका संयोजक शर्माकाअनुसार गोरखामा ४०, कास्की २३, बागलुङ ३, स्याङ्जा ११, म्यादी १, पर्वत १, लमजुङ ५, तनहुँमा ७ र नवलपुरमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ८४ पुगेको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बागलुङ नगरपालिका –४ की ४४ वर्षीय कोरोना संक्रमित महिला, स्याङजा अर्जुन चौपारी गाउँपालिका  –१२ की ६६ वर्षीय महिला र पर्वत पैयुँ गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ७६१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप