बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरुको विरोधकै बीच देउवाको गृहजिल्लामा अधिवेशन हुने

बिहीबार, २४ भदौ २०७८, १७ : ५५
बिहीबार, २४ भदौ २०७८

डडेल्धुरामा तोकिएकै मितिमा नेपाली काँग्रेसको वडा अधिवेशन हुने भएको छ । जिल्ला निर्वाचन समितिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी भदौ २५ गते र बाँकी तहमा निर्वाचन केन्द्रले तोके बमोजिमकै मितिमा वडा अधिवेशन हुने जानकारी दिएको हो ।  

निर्वाचन कार्यालयले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै कुनै भ्रममा नपरी भव्य रुपमा अधिवेशन सम्पन्न गर्न अपिल समेत गरेको छ ।

काँग्रेसका कतिपय केन्द्रीय तहका नेताहरु नै डडेल्धुरामा क्रियाशील सदस्यता टुंगो नलगाई वडा अधिवेशन नगर्ने अडानमा रहेका थिए । काँग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु समेत तत्काल अधिवेशन नगर्ने पक्षमा रहेका थिए भने काँग्रेस जिल्ला सभापति कर्ण मल्लले पनि स्थगित गर्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप