शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैँडा मारेको आरोपमा एक पुरुष पक्राउ

बिहीबार, २४ भदौ २०७८, १५ : ४४
बिहीबार, २४ भदौ २०७८

नेपाली सेनाले गैँडा मारेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सेनाको खड्ग दल गण र निकुञ्ज प्रशासनको टोलीले मुगुका नाङ्गी तामाङलाई पक्राउ गरेको हो ।

सेनाले तामाङमाथि विगतमा गैँडा मारेर खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोप लगाएको छ । काठमाडौंको बौद्ध बस्दै आएका ६२ वर्षीय तामाङलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप