शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीव्र उतारचढावपछि सेयर बजारमा सामान्य गिरावट

बिहीबार, २४ भदौ २०७८, १५ : ३४
बिहीबार, २४ भदौ २०७८

आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार सुरु भएलगत्तै उकालो लाग्न थालेको बजार त्यसपछि भने निरन्तर घटबढ गरेको हो । २८ सय ८० अंकबाट कारोबार सुरु भएको ३० मिनेटको अवधिमा सेयर बजार परिसूचक २९ सय १२ अंकसम्म पुगेको थियो ।

तर, त्यसपछि निरन्तरको गिरावटसँगै नेपाल स्टक एक्सचेञ्ज ((नेप्से) मा ०.६२ अंकको गिरावट आएको हो । उक्त गिरावटसँगै नेप्से परिसूचक २८ सय ७५ अंकमा रोकिएको छ । यसक्रममा आज ७ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ४४ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेमा सामान्य गिरावट आएपनि ४ वटा समूहमा भने सुधार आएको छ । आज व्यापार समूह ०.६ अंक, जलविद्युत ६२.७५ अंक, जीवन बीमा ५९.३८ अंक र लगानी समूहमा ०.१७ अंकको सुधार आएको हो । यस बाहेकका अन्य समूहमा भने गिरावट आएको छ ।

वित्त समूहमा सबैभन्दा बढी ३६ अंकको गिरावट आएको छ । यसपछि अन्य समूहमा २२ र उत्पादनमूलक समूहमा २१ अंकको गिरावट आएको छ । यस्तै, आज बैंक, होटल एण्ड टुरिजम, विकास बैंक, निर्जीवन बीमा समूह र लघुवित्त समूहमा समेत गिरावट आएको छ ।

परिसूचक घटे पनि हिमालयन पावर पार्टनरको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । यस्तै, सानिमा लाइफ इन्स्योरेन्स र रैराङ हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप