शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली भेट्न एमसीसी उपाध्यक्ष बालकोटमा (तस्बिरहरु)

बिहीबार, २४ भदौ २०७८, १५ : २१
बिहीबार, २४ भदौ २०७८

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले भेटवार्ता गरेकी छिन् । 
उनीसहितको टोली ओलीलाई भेट्नका लागि बिहीबार मध्यान्ह ओली निवास बालकोट पुगेको थियो । सो क्रममा नेपालको संसदमा विचाराधीन रहेको एमसीसी सम्झौताका विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । 

एमसीसी कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आजै  बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई पनि भेट गर्ने कार्यक्रम छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप