मालेका नेताहरु प्रहरी नियन्त्रणमा
बिहीबार, २४ भदौ २०७८, १४ : १२
नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् ।
मालेले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । मालेले एमसीसी राष्ट्रघाती भएको दावी गर्दै चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण