शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरियो

बिहीबार, २४ भदौ २०७८, १३ : ४३
बिहीबार, २४ भदौ २०७८

काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिब सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । डिस्पोजल टोलीका क्याप्टेन सन्दिप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद बस्तु सुरक्षित रुपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद बस्तु बम भएनभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ ।

क्याप्टेन सन्दीपले भने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सप्लाेसिभ* कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’ डिस्पोजल टोलीले यसको बारेमा विस्तृत अध्ययन गरेर मात्रै बम राख्नेहरूको रिपोर्ट बाहिर ल्याउने बताएको छ ।

* सच्याइएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप