मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ओरियन्टल होटलका सेयरधनीको हात खाली

बिहीबार, २४ भदौ २०७८, १३ : ३७
बिहीबार, २४ भदौ २०७८

ओरियन्टल होटलले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७७/७८ को लाभांश नदिने भएको छ । कम्पनीले असोज १९ गतेलाई आफ्नो साधारण सभा बोलाउँदै लाभांश वितरण नहुने बताएको  हो ।

उक्त मितिमा कम्पनीको रजिस्टर्ड कार्यालय लाजिम्पाटमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न हुने छ । २४ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ताको हात भने खाली हुने भएको छ ।

हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६० रुपैयाँमा कारोबार भइरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप