बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

बिहीबार, २४ भदौ २०७८, १३ : ३५
बिहीबार, २४ भदौ २०७८

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  जिल्लाको तिलोत्तमा नगरपालिकामा  गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा  मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

यसैबीच  बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएका छन् । दाङको  घोराही उपमहानगरपालिका–४ तल्लो भकारे निवासी  ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको हो  । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा  पनि बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप