डेब्यूको तयारीमा देल्बिस र राजरोहन
नेपाली फिल्म तथा सांगीतिक क्षेत्रमा दोश्रो पुस्ताको आगामन दिनप्रतिदिन बढ्दो छ । थुप्रै सेलिब्रेटीका सन्तान यो क्षेत्रमा भित्रिसकेका छन् । सोही सिलसिलामा निर्माता दिनेश दर्शनधारी तथा यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी तथा राजरोहन तुम्बाहाम्फेले पनि अभिनयमा डेब्यू गर्ने भएका छन् । उनीहरु परिवारकै प्रेरणाले अभिनयमा भित्रिन लागेका हुन् ।
‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ जस्ता फिल्म निर्माण गरिसकेका दर्शनधारी तथा राईले अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन् । साही फिल्मबाट देल्बिस र राजरोहनले अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् ।
फिल्म अगाडि उनी म्युजिक भिडियो अभिनय गरिरहेका छन् । चलचित्रकर्मीको सन्तान भएर भन्दा पनि यो क्षेत्रमा रुचि र केही गर्ने सोच भएकोले होमिन लागेको उनीहरुले बताए । महाजोडीलाई आफ्नो प्रेरणको श्रोत मान्ने दुबै नृत्य र अभिनय प्रशिक्षण लिइरहेका छन् । दुबैले महजोडी झैं जोडीकै रुपमा अघि बड्ने योजना आफुहरुको रहको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म