शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डेब्यूको तयारीमा देल्बिस र राजरोहन

बिहीबार, २४ भदौ २०७८, १२ : २९
बिहीबार, २४ भदौ २०७८

नेपाली फिल्म तथा सांगीतिक क्षेत्रमा दोश्रो पुस्ताको आगामन दिनप्रतिदिन बढ्दो छ । थुप्रै सेलिब्रेटीका सन्तान यो क्षेत्रमा भित्रिसकेका छन् । सोही सिलसिलामा निर्माता दिनेश दर्शनधारी तथा यसोदा राईका छोराहरु देल्बिस दर्शनधारी तथा राजरोहन तुम्बाहाम्फेले पनि अभिनयमा डेब्यू गर्ने भएका छन् । उनीहरु परिवारकै प्रेरणाले अभिनयमा भित्रिन लागेका हुन् ।

‘बागमती’ र ‘एउटा यस्तो प्रेम कहानी’ जस्ता फिल्म निर्माण गरिसकेका दर्शनधारी तथा राईले अहिले नयाँ फिल्मको तयारीमा जुटेका छन् । साही फिल्मबाट देल्बिस र राजरोहनले अभिनेताको रुपमा डेब्यू गर्न लागेका हुन् ।

फिल्म अगाडि उनी म्युजिक भिडियो अभिनय गरिरहेका छन् ।  चलचित्रकर्मीको सन्तान भएर भन्दा पनि यो क्षेत्रमा रुचि र केही गर्ने सोच भएकोले होमिन लागेको उनीहरुले बताए । महाजोडीलाई आफ्नो प्रेरणको श्रोत मान्ने दुबै नृत्य र अभिनय प्रशिक्षण लिइरहेका छन् । दुबैले महजोडी झैं जोडीकै रुपमा अघि बड्ने योजना आफुहरुको रहको सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप