बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको दनुवार गाउँमा पहिरो

बिहीबार, २४ भदौ २०७८, ११ : ३५
बिहीबार, २४ भदौ २०७८

लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ  । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको  र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए । 

 उनले पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तहलाई आग्रह गरे । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

६२ लाख हिनामिना गरी फरार व्यक्ति पक्राउ
सहकारीमार्फत रु  ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।  उनी चौतारा साँगा चोकमा रहेको दीप सिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १ गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  दक्षकुमार बस्नेतले  फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप