प्रेरक प्रसङ्ग :  एकलब्यको गुरुभक्ति

person explore access_timeभदौ २४, २०७८ chat_bubble_outline0


​एकलब्यको नाम भाइबहिनीहरूले पनि सुनेकै हुनुपर्छ । कतिलाई उनको गुरुभक्तिबारे पनि थाहा  हुनसक्छ तर उनी को हुन् र कसरी प्रसिद्धि पाए भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । यहाँ यसैबारे जानकारी दिन खोजिएको छ ।

प्रसङ्ग महाभारतको हो । एकदिन पाण्डवहरू गुरु द्रोणाचार्यसित आज्ञा लिएर शिकार खेल्न गएका थिए । उनीहरूका साथमा एउटा जङ्गी कुकुर पनि थियो, जो सदा साथमा जाने गथ्र्यो । सदा झैँ पाण्डवहरू शिकार खोज्नतिर लागे । कुकुरले त्यतै अलमलिँदै थियो ।  खेल्दै जाँदा उसले नजिकै वाँड चलाइरहेको मानिस देखेछ र पाण्डवहरूलाई आक्रमण गर्न लागेको होला भन्ने ठानी झम्टिन गएछ । त्यसपछि उसले आत्मरक्षार्थ सातवटा वाँण चलायो, जुन कुकुरको मुखमा एकैसाथ पसेको थियो ।

कुकुर रुँदै पाण्डव समक्ष गयो । कुकुरको हविगत देखेर पाण्डवहरू आश्चर्यमा परे । कुकुरको मुखमा सातवटा वाँण घुसेको थियो भने शरीरमा कुनै चोट थिएन । यस्तो अद्भूत दृष्य देखेपछि उनीहरू वाँण चलाउने मानिस खोज्न लागे । खोज्दै जाँदा पर वनमा उही मानिस फेला परे, जो युद्धकलाको अभ्यास गरिरहेका थिए ।

उनको कौशल देखेर आश्चर्य मान्दै पाण्डवहरूले सोधे–

‘वनमा एक्लै के गर्दैछौ युवक !’

युद्धकलामा व्यस्त युवकले पाण्डवहरूतर्फ हेर्दै नहेरी उत्तर दिए–

‘देखेनौ धनुषवाँण चलाउने अभ्यास गरिरहेको ?’

युवकबाट रुखो उत्तर पाएपछि पाण्डवहरूले गुरु द्रोणाचार्य समक्ष गएर त्यसको वृतान्त सुनाए । गुरुलाई उनीहरूका कुरामा विश्वास गर्न गाह्रो प¥यो र आफैँ हेर्न गए । युवक भने अहिले पनि युद्धकलामै अभ्यासमै व्यस्थ थिए ।

अकस्मात् गुरुलाई अगाडि देखेपछि युवकले दण्डवत गर्दै भने–

‘गुरुदेव ! हजुर आफैँ ? । आदेश दिनुभएको भए मै आउने थिएँ । आज्ञा होस् के सेवा गरुँ ?’

दोणाचार्यले युवकको अनुहारमा हेर्दै भने–

‘त्यो त भनी नै हाल्नेछु युवक ! पहिले यो बताऊ कि तिमी को हौ ?’

उनले विनम्रतापूर्वक उत्तर दिए–

‘भिल्लकुमार एकलब्य हुँ गुरुदेव ! बाबुलाई हिरण्यधनु भन्छन्।’

त्यसपछि गुरुले प्रसङ्ग बदल्दै भने–

‘को हुन् तिम्रा गुरु ? कि विना गुरु नै युुद्धकला सिक्दैछौ ? त्यसो हो भने त शिक्षा निस्फल हुन्छ नि थाहा छकि छैन ?’

‘उत्तरमा एकलब्यले भने–

थाहा छ गुरुदेव ! मेरा गुरु यहीँ हनुहुनुहुन्छ ।’

‘यहीँ हुनुहुन्छ ?’

‘हो यहीँ हुनुहुन्छ ।’

‘देखाउन सक्छौ ?’

‘सक्छु किन नसक्ने ।’

‘कहाँ हुनुहुन्छ त ?’

त्यसपछि एकलब्यले स्याउलाको भित्तो च्यातेर देखाए, जहाँ माटोबाट बनाइएको गुरु द्रोणाचार्यकै मूर्ति थियो ।’

आफ्नै मूर्ति देखेर द्रोणाचार्यले भने–

‘मेरै मूर्ति जस्तो  छ नि ?’

‘हो, हजुरकै मूर्ति हो ।’

‘सच बताऊ तिम्रो गुरु कसरी भएँ ?’

त्यसपछि एकलब्यले बेलिबिस्तार लगाउँदै भने–

‘जब हजुरकहाँ धनुर्विद्या सिक्न गएको थिएँ तर हजुरले आफू राजकुमारहरूका गुरु भएकाले अरुलाई सिकाउन मिल्दैन भनेर फर्काउनुभयो । त्यसपछि हजुरको मूर्तिलाई स्थापना गरी युद्धअभ्यास गर्न लागेको हुँ । हरेक दिन बिहान यही मूर्तिलाई प्रणाम गर्छु र अनुमति मागेर अभ्यासमा लाग्ने गरेको छु । अहिले पनि त्यही गरिरहेको थिएँ ।’

एकलब्यको कुरा सुनेर द्रोणाचार्य धर्मसङ्कटमा परे । कारण उनले अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउने वचन दिएका थिए तर यहाँ उनीभन्दा श्रेष्ठ अर्को देखापरे । उनी रहेसम्म आफ्नो वचन पूरा नहुने प्रष्ट भएपछि शब्दजाल फ्याँक्दै द्रोणाचार्यले भने–

‘मेरो मूर्तिसित भए पनि अनुमति लिएर युद्धकला सिकेका रहेछौ । खुसी लाग्यो । यसलाई बिना गुरुको शिक्षा भन्न मिल्दैन तर विद्या सिकेपछि गुरु दक्षिणा पनि दिनुपर्ने हुन्छ । भन के दिने विचार गरेका छौ ?’

खुसी हुँदै एकलब्यले भने–

‘आज्ञाहोस् गुरुदेव ! के टक्र्याउँ । मेरो साथमा भएको सबै हजुरकै हो ।’

त्यसपछि द्रोणाचार्यले मुस्कुराउँदै भने–

‘तिम्रो दाहिने हातको बुढी औलो माग्छु दिनसक्छौ ?’

‘सक्छु गुरुदेव ! यो शिष्य ज्यानै समर्पण गर्न तत्पर छ भने नाथे बुढी औलो कुन ठूलो कुरा भयो र ।’

यति भनेर म्यानबाट तरबार निकाली बूढी औँलो काटेर गुरुलाई चडाए । गुरु आफ्नो लक्ष्य पूरा भएकाले खुसी हुँदै हस्तिनापुरतिर लागे । युद्धकलामा दाहिने हातको बूढी औँलाको बढी भूमिका हुन्छ । त्यसैले उनले बूढी औँला मागेका थिए । नभन्दै भयो पनि त्यस्तै । युद्धकलामा उनी अर्जुनभन्दा केही कम हुन पुगेकाले अर्जुन सर्वश्रेष्ठ धनुर्धर बन्न सफल भए ।

व्यासजीले यो एउटै प्रसङ्ग मार्फत् तीन वटा सन्देश दिएका छन् । पहिलो गुरुभक्तिसित सम्बन्धित छ । शिष्यको मुख्य काम हो गुरुको आज्ञापालन गर्नु । त्यही विद्यार्थी सफल हुन्छ, जसले गुरुको आज्ञामा नाइनास्ति गरेको छैन । यहाँ एकलब्यले यस्तै गरेका छन् । गुरुले औँलो मागे, उनले किन र कसो केही नभनी काटेर चडाए । फलतः अहिलेसम्म उनको प्रशंसा भइरहेकोछ । गुरुभक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्छ । 

द्रोस्रो सन्देश पनि गुरुभक्तिसितै सम्बन्धित छ । जुन शिष्यमा गुरुभक्तिको निष्ठा हुन्छ उसको हितमा गुरु आफैँ अघि सर्ने गर्छन् । यहाँ अर्जुनले गुरुप्रति जुन भक्ति देखाएका थिए त्यसैको फलस्वरूप उनको रक्षा गर्न गुरु आफैँ अघि सरेका थिए । गुरुले बरु आफ्नो निधारमा कलङ्कको टीका लगाउन रुचाए तैपनि शिष्यको हितप्रति बेवास्ता गर्न सकेनन् ।

तेस्रो सन्देश गुरुसितै सम्बन्धित छ । गुरु कहिल्यै स्वार्र्थी हुर्नुहुन्न । अन्यथा उनले त्यसको भरपाई गर्नैपर्ने हुन्छ । यहाँ द्रोणाचार्य स्वार्थी देखिएका छन् । उनले आफूलाई झुटो सावित हुन नदिन अर्को झुटको सहारा लिएका छन् । विचरा एकलब्यको के गल्ती थियो र शब्दजालमा पारी औँलो गुमाउन वाध्य पारे । यस वापत् अर्जुनलाई सर्वश्रेष्ठ धनुर्धर बनाउन सफल त भए तर यसको दण्ड भने उनैले भोग्नुप¥यो । यसैको कारण अहिलेसम्म पनि उनी जस्ता विद्वान्का निधारमा कपट कलङ्कको टीका मेटिन सकेको छैन ।

जे होस् एकलब्यको गुरुभक्ति अद्वितीय छ । आज उनको भौतिक शरीर त छैन तर उनले गुरुको भक्तिमा जुन निष्ठा देखाए त्यो भने अहिले पनि सबैको प्रेरणाको स्रोत बनेर रहेको छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।