शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पशुपतिमा यस्तो देखियो तीजकाे रमझम, तस्बिरमा हेर्नुहाेस्

बिहीबार, २४ भदौ २०७८, १० : ४१
बिहीबार, २४ भदौ २०७८

आज हिन्दु धर्मावलम्बी महिलाको महान् पर्व तीज । आजको दिन देखिने सामान्य दृश्य भनेको पशुपतिनाथ मन्दिरलगायतका मन्दिरहरुमा रातो साडीमा सजिएका महिलाहरुको भीड । पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ।  

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।   सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप