बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भूपू गोर्खाका समस्या सम्बोधन गर्न बेलायत सरकारसँग छलफल

बुधबार, २३ भदौ २०७८, २१ : ५५
बुधबार, २३ भदौ २०७८

भूतपूर्व गोर्खा सैनिकहरुले पाउने पेन्सन लगायतका सुविधामा भएको असमानताका विषयमा वार्ता गर्न बेलायत सरकार तयार भएपछि लन्डनस्थित नेपाली दूतावासमा आज पहिलो बैठक बसेको छ । संयुक्त अधिराज्यका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डोचेर्टी, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच दूतावासमा बुधबार प्रारम्भिक  बैठक बसेको  हो ।

बैठकमा भूपू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको  टर्म्स अफ रिफरेन्स  एवम् अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दूतावासले जनाएको  छ।

बैठकमा भूपू गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बिजीडब्लुएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसाका अध्यक्ष केश बहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदय बहादुर गुरुङ, युबिजिएनका अध्यक्ष राम राईको उपस्थिति थियो ।

साथै १३ दिनसम्म आमरण अनसन बसेका गोरखा सत्याग्रहका तीन जना प्रतिनिधिहरू ज्ञानराज राई, पुष्पा राणा घले, धनबहादुर गुरुङका साथै  गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङको पनि सहभागिता थियो ।
बैठकमा नेपाली दूतावासका तर्फबाट उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्नबहादुर गोदारको  पनि उपस्थिति रहेको थियो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप