शंखमुलमा झिर रेष्टुरेण्ट सञ्चालन
सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कने मनसायले शङ्खमूल करिडोरमा यहि भदौ २३ गते बुधबारबाट झिर रेष्टुरेण्ट सञ्चालनमा आएको छ । नदी किनारको प्रकृतिसँग रम्दै सेकुवाको आनन्द लिन एक पल्ट जानै पर्ने गन्तव्य हो झिर ।
बेलायतबाट स्नातकोत्तर अध्ययन सकेर विश्व चर्चित चेन रेष्टुरेण्ट न्यान्डोजमा ५ वर्ष साथै नेपालको प्रख्यात चेन रेष्टुरेण्ट बाजेको सेकुवामा ५ वर्षको अनुभव बटुलेका सञ्जीव तिमिल्सनाले खोलेको रेष्टुरेण्टमा ग्राहकले स्वाद, स्वास्थ्य र स्तरीय पद्धतिको अनुभव गर्न पाउनेछन् ।
झिरमा ग्राहकहरुले विशेष गरी मटन, चिकेन तथा पोर्कका पोलेको मासुका परिकारहरूको मज्जा लिन सक्नेछन् । यस्ता परिकारहरू प्रति प्लेटका साथसाथै प्रति हाफ केजी, प्रति केजीमा पनि उपलब्ध हुनेछ । साथै रेष्टुरेण्टमा पेय पदार्थहरु पनि एमआरपी मूल्यमा बिक्री गरिनेछ । खानाको प्रस्तुतिमा पनि ग्राहकहरुले फरक पन पाउँनेछन् ।
थोरै लगानी, स्तरिय पद्धति, स्वदेश तथा विदेशको अनुभवका साथ स्थापना भएको झिरले फ्रञ्चाइज मोडेलको पनि सम्भावना बोकेको सञ्चालक तिमल्सिनाले जानकारी दिए । उद्यमी बन्न चाहने व्यक्तिका लागि भिर उपयुक्त माध्यम हुने तिमल्सिनाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?
-
गाँजा खेतीलाई वैध गर्नुपर्छ : मुख्यमन्त्री लामा