शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : संसद्‍मा लाग्यो मुर्दावादको नारा, देउवाको गृह जिल्लामै लफडा (भिडियोसहित)

बुधबार, २३ भदौ २०७८, १९ : ०९
बुधबार, २३ भदौ २०७८

आज २०७८ भदौ २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका प्रमुख समाचारहरुमा एमालेको संसद् अवरोध, राष्ट्रिय जनगणना सुरु गर्ने, बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार, लगानी बोर्ड स्थापनाको दशौं वार्षिकोत्सव, नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराउन माग गर्दै सर्वोच्चमा रिट, खुम्चिँदै सेयर बजारलगायत रहेका छन् ।

१‍. एमालेले चल्न दिएन संसद्

प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।  यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्नेछन् । एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै बुधबार दुई पटकसम्म संसद अवरुद्ध पारेको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराइले बोलेलगत्तै एमाले सांसदहरुले उठेर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सभामुख विरुद्ध नाराबाजी समेत गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप